काठमाडौ साउन १९

अन्तर्राष्ट्रियस्तरमै अर्थात् स्रोत देशमै मूल्यवृद्धि भयो भने त्यो चामल आउँदा हाम्रो बजारमा त्यसको असर पर्ने नै हुन्छ । तर भएको मौज्दातमा मूल्यवृद्धि गर्नुपर्ने कारण छैन । व्यवसायीहरूले पनि पुरानो मौज्दातमा मूल्यवृद्धि हुन दिने छैनौँ र अनुगमनलाई पनि सहजीकरण गर्छौँ भनेर भनेका छन् । हामीहरू निरन्तर सम्पर्कमै छौँ । तर पनि हामीले बजार अनुगमन गर्दा यदाकदा खुद्रा पसलहरूमा मूल्यवृद्धि भएकोजस्तो देखिएको छ ।

किन मूल्यवृद्धि भयो भन्दा उनीहरूले थोक बिक्रेताहरूबाटै भाउ बढेर आएको छ भन्ने गरेका छन् । हामी त्योभन्दा बाहेक अर्को चरणमा गएर अध्ययन गर्दैछौँ । त्यो अध्ययन गर्दा थोक बिक्रेताहरूबाट पनि अर्को आयातकर्ता वा उत्पादककहाँ पुग्नुपर्नेजस्तो अवस्था देखिएको छ । उनीहरूले केही तर्कहरू दिएका छन् । ती तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ । जस्तो व्यवसायीहरूका अनुसार चामलको मूल्य बढ्ने कारण भनेको धान किनेर राखेपछि घुनपुत्ला लाग्छ, सुकेर भुस सातरआठ प्रतिशत जान्छ भन्ने छ । केही हदसम्म किरा लाग्छ । बैंकको ब्याज पनि बढिरहेको हुन्छ । अर्को भनेको ढुवानी खर्च पनि बढी छ । त्यो भनेको नेपालगञ्जको धान विराटनगर गयो, अनि विराटनगरमा कुटेर प्याक गरेर काठमाण्डौ पुर्‍यायो भने ढुवानी खर्च बढी लाग्ने हो । यसो गर्दा दोहोरो ढुवानी खर्च लाग्यो । अहिले ढुवानीमा पनि भ्याट लाग्ने गरेको छ । यो व्यवसायीहरूको कुरा भयो । यतातिर नजाउँ । यी तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ ।

अर्को कुरा, सरकारले बजार हस्तक्षेप गर्ने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशनको आठ वटा बिक्री केन्द्रबाट काठमाण्डौ उपत्यकाभित्र सुपथ मूल्य पसलबाट चामल बिक्री गर्दैछ । यसको अर्थ मूल्यवृद्धि हुन नदिनका लागि सरकार निरन्तर लागिरहेको छ । अवाञ्छित रूपले मूल्यवृद्धि भएको पाइएमा कानुन बमोजिम कारबाही हुन्छ ।

भारतमा अहिले नाकाबन्दीको कारण देखाउँदै व्यापारीहरूले मूल्यवृद्धि गर्ने सम्भावना देखिन्छ । अर्को कुरा भारतले अहिले नै मूल्यवृद्धि गर्‍यो भने पनि त्यो आजको भोलि नै मूल्यवृद्धि हुने त होइन । त्यसमा तीन महिना पुग्ने चामल मौज्दात छ भन्ने कुरा तथ्याङ्कले देखाउँछ । त्यसकारण पनि हाम्रो बजार अनुसन्धान केतर्फ केन्द्रित छ भने भन्सार विन्दुमा आइपुग्दाको मूल्य के थियो र यहाँसम्म आइपुग्दा त्यो कहिलेसम्म मौज्दात रहेको छ । हामी यिनै कुराको अध्ययन गरिरहेका छौँ । व्यवसायीहरूलाई पनि हाम्रो विनम्र आग्रह के छ भने पहिले आएर मौज्दात भएको सामग्री साविकको मूल्यमा नै जानुपर्छ ।

हामीले अनुगमन गर्दा पुरानो मौज्दातमा अवाञ्छित रूपले मूल्यवृद्धि भएको पायौँ भने कानुन बमोजिम कारबाहीमा जानैपर्ने हुन्छ ।

हामीले अनुगमनमा जाँदा काठमाण्डौ, ललितपुर र भक्तपुरबाट केही मूल्य सूचीहरू सङ्कलन गरेका थियौँ । त्यसमा केही व्यापारीहरूले कतै कतै थोक व्यापारीहरूबाटै भाउ बढेर आयो भनेका छन् । त्यसकारण हामी त्यस क्षेत्रमा चामल आपूर्ति गर्ने थोक व्यापारीहरूसम्म पुग्ने कोसिस गरिरहेका छौँ । हाम्रो नियमित अनुगमनमा नागरिकको आधारभूत आवश्यकताका वस्तुहरू नै पर्छन् । एक हप्ताभित्रमा अर्थात् गएको ११ देखि १७ गतेसम्मको कुरा गर्दा ८६ वटा बिक्रेता फर्म, पसल तथा आउटलेटमा अनुगमन गरिसकेका छौँ । त्यसमा २३ वटा फर्मलाई कारबाही भएर नौ लाख १० हजार रुपैयाँ जरिबानासमेत गरिएको छ । यो जानकारी वेबसाइटमा पनि राखेका छौँ ।

हामी अहिले दुईरतीन वटा टोली बनाएर नियमित अनुगमन गरिरहेका छौँ । हामीसँग धेरै जनशक्ति छैन । तर जति छ हामी त्यसको अत्यधिक उपयोग गरिरहेका छौँ । हामीसँग भएको जनशक्तिको प्रभावकारी प्रयोग गर्ने प्रयास गरिरहेका छौँ । हामीसँग अहिले बजार अनुगमनमा खटिनेमा नौ जना हुनुहुन्छ । हामी यसलाई दुई वटा र अन्यत्रबाट पनि जनशक्ति थप गरेर संयुक्तरूपमा अनुगमन गर्ने गर्छौँ । जस्तै– जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुणस्तर नियन्त्रण विभाग, नापतौल विभागसमेत गरेर हामी संयुक्त अनुगमनमा जाने गरेका छौँ । संयुक्त अनुगमनका बारेमा हामीले वेबसाइटमा पनि राखेका छौँ । अनुगमनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सबै अनुगमनकारी निकायहरू एकै ठाउँमा बसेर हामीले संयुक्त अनुगमन गरेका हौँ ।

अनुगमन गर्दा थोक र खुद्रा दुवै किसिमको व्यापार, व्यवसायमा गर्ने गर्छौँ । नागरिकका दैनिक आवश्यकताका वस्तुहरू– दाल, चामल, नुन, तेलमा हाम्रो अनुगमन केन्द्रित हुन्छ । यसो हुँदा खुद्रा व्यापार अलि धेरै अनुगमनको दायरामा पर्न आउँछ ।

खुद्रा व्यापारीहरूले थोक व्यापारीहरूलाई मूल्यवृद्धिको बारेमा दोषारोपण गरे पनि हामी थोक, खुद्रा तथा आयातकर्ताकहाँ पनि अनुगमनमा जान्छौँ । हामी उत्पादककहाँ पनि पुग्छौँ । त्यसकारण एउटा पक्षले मूल्यवृिद्धको दोषारोपण अर्कोलाई गर्दा तथ्य के हो भन्ने कुरा थाहा हुन्छ । हामी हाम्रो स्रोत र साधनले भ्याएसम्म अनुगमनका लागि सबैतिर पुग्ने गर्छौँ ।

हामी बजार अनुगमन नियमित गरिरहेका हुन्छौँ । तर उपभोक्ताको ध्यान भने बजारमा मूल्यवृद्धि हुँदा मात्र हुने हुँदा त्यो बेलामा मात्र विभागले अनुगमन गरेको हो कि भन्ने लाग्छ ।

हामीले ठूला व्यापारी अनि साना व्यापारी भनेर कसैलाई भेदभाव गरेर अनुगमन गर्दैनौँ । बरु मुहानलाई सफा गर्न सकियो भने तल स्वतः सफा हुने भएकाले हाम्रो लक्ष्य भनेको मुहान सफा गर्ने नै हुन्छ ।

अहिले चामलको मूल्यवृद्धि भएको छैन । आमउपभोक्तालाई आफू ठगिएको छु भन्ने लागेमा हाम्रो गुनासोसम्बन्धी पोर्टल छ । उपभोक्ताले जततउकस्ररमयअ।नयख।लउर पोर्टलको जततउकस्ररअचmष्क।मयअ।नयख।लउरजयmभ मा गएर आफ्नो गुनासो र आफूले खरिद गरेको सामानको बिल वा कुनै प्रमाणहरू त्यसमा संलग्न गरेर उजुरी गरे भने हाम्रो टोलीले त्यसको छानबिन गर्छ । हाम्रो टोल फ्री नम्बर ११३७ अनुगमन टोलीसँग हुने हुँदा त्यसमा जतिखेर फोन गरेर पनि आफ्नो गुनासो वा उजुरी गर्न सकिन्छ । अर्को भनेको हेलो सरकारमार्फत पनि उजुरी गर्न सकिन्छ । त्यो उजुरी पनि हामीकहाँ आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय