काठमाडौ ।नेकपा (एमाले)बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्।
प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भएका छन्। उनले ६१५ मत पाए ।
यस्तै, सचिवमा नवराज सिलवालले एक मतले बाजी मारे । सिलवालले ५६८ र हस्त पण्डितले ५६७ मत पाएका छन् ।
उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामाले जितेकी छन् । महर्जनले ३६७ सहित जित निकाल्दा र लामाले ५९९ मत पाएर जितिन् ।
मतदानमा एक हजार १३५ मत खसेको थियो ।