ग्रीन ईन्टिर नेश्नल क्लव धनकुटा शाखाको आयोजनामा आजदेखी धनकुटाको पाख्रीवास ५ घोर्लिखर्क मगर गाउँँमा खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता आजबाट शूरु भएको छ

जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान र नगरपालिका प्रमुख वृष वहादुर राईले भलिवल खेल्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो दिन आज दुई खेल भएका छन् । उद्घाटन खेल कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख चौहान र विषेश अतिथि नगर प्रमुख राई वीच भएको थियो ।

उहाँहरु वीचको उदघाटन खेलमा चौहानले जित निकालदै भाले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । त्यस्तै पहिलो खेल आयोजक टिम र वडा नं ६ सिम्ले फालाटे वीच भएको थियो । यो खेल सोजो सेटमा सिम्ले फलाटेलाई हराउँदै आयोजक टिम बिजयी भएको छ । दोस्रो खेल वडा नं ६ फलाटे र महालक्ष्मी नगर वडा नं ९ बिच भएको खेलमा सोजो सेटमा महालक्ष्मी बिजयी भएको छ ।

१२ समूह सहभागी प्रतियोगिताको विजयी प्रथम ले नगद एकाउन्न हजार ,ट्रफी,मेडल र प्रमाणपत्र र दोश्रोले नगद एक्काईस हजार ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेल आयोजक टिमका सदस्य विस्वजित देउजाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय