धनकुटाको पाख्रीवास नगरपालिका ८ मा आज ट्याकटर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ट्याकटरका सहचालक पाख्रीवास ७ थाक्लेका वर्ष २४ का टेक बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी नकुल पोखरेलले जानकारी दिनुभयो ।
पाख्रीवास देखि मुगा तर्फ जाँदै गरेको को २ त १०४३ नं ट्याकटर पाख्रीवास ८ जलदेवी मन्दिर भन्दा केही माथि दिउँसो करिव साढे २ बजे तिर अनियन्त्रित भई पल्टिएर किच्दा ट्याकटरका तामाङको मृत्यू भएको प्रहरीले जनाएको छ ।












