काठमाडौं । नेपाल जैन परिषद्को आयोजनामा २ दिने मेगा हेल्थ क्याम्प सम्पन्न भएको छ । काठमाडौंमा आयोजना भएको हेल्थ क्याम्पमा भारतको आर्टेमिस अस्पतालका विशेषज्ञ डाक्टरहरूसहित नेपालका डाक्टरहरूको सहभागिता रहेको थियो । नियमित हेल्थ क्याम्प अन्तर्गत यो हेल्थ क्याम्प आयोजना गरेको परिषद्ले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भारतबाट नेपालमा विशेषज्ञ डाक्टर ल्याएर शिविर गरेको नेपाल जैन परिषदप्रति आभार प्रकट गरे । डाक्टरले राम्रोसँग काउन्सिलिङ गर्दा मात्र पनि धेरै विरामीको रोग आधा रोग ठिक हुने मन्त्री मोदीको भनाइ छ । उनले आफू थाइराइट र कलेजो सम्बन्धी रोगी भएका कारण आफूले धेरै डाक्टरहरूलाई चिन्ने समेत बताए । परिषद्ले स्वास्थ्य क्षेत्रमा गरिरहेको कामको विषयमा मन्त्री मोदीले प्रशंसा गरे । मन्त्रालयबाट गर्न सक्ने सहयोग गर्ने पनि मन्त्री मोदीले प्रतिबद्धता व्यक्त गरे ।

परिषद्को छोटो समयको जानकारीमा कार्यक्रममा सहभागी भइदिएकोभन्दै मन्त्री मोदीप्रति आभार प्रकट गरे । परिषद्का अध्यक्ष महेन्द्र जैनले मन्त्री मोदी पहिलेदेखि नै संघले गरेको काममा सहभागी भइरहने शुभचिन्तक भएको उनले बताए । मन्त्री मोदीको राजनीतिक यात्रा राम्रो र लामो भएको उनले बताए । मन्त्री मोदीले व्यापारी र उद्योगसँग चन्दाको राजनीतिक नगर्ने भएको भन्दै उनीहरूले यो विषयमा व्यापारी र उद्योगी ढुक्क भएको बताए ।

जैन परिषद्ले भारतका प्रशिद्ध डाक्टर ल्याएर स्वास्थ्य शिविर गरेका हुन् । भारतमा रहेको आर्टेमिस अस्पतालमा ९० भन्दा बढी देशका मानिसले नियमित उपचार गर्दै आएका छन् । परिषदले यही अस्पतालबाट चिकित्सकको टिमलाई ल्याएर मेगा हेल्थ क्याम्प आयोजना गरेको हो । हेल्थ क्याम्पमा नेपालका चिकित्सकहरूको पनि सहभागी हरेका थिए ।

स्वास्थ्य नै धन हो भनेर पढ्दै आएको हामीले अहिले आएर बुझेको पूर्वमिस नेपाल उषा खड्गीले बताइन् । व्यवहार र जिम्मेवारीले स्वास्थ्यमा धेरै समस्या हुँदै आएको उनले बताइन् । स्वास्थ्य भनेको भौतिक मात्र हैन, मानसिक पनि भएको उनको भनाइ छ ।

आर्टेमिस अस्पतालबाट आएका कार्डियोलोजी डाक्टर कृष्ण सोलुजीवीले यो अस्पताल भारतमा मात्र नभइ विश्वमा नै प्रख्यात रहेको बताए । उनले नेपालमा आएसमेत आफूले सेवा दिने अवसर पाउँदा खुसी लागेको बताए । २ दिन सञ्चालन भएको हेल्थ क्याम्पमा उल्लेख मात्रामा मानिसहरूको सहभागी भरहेको छ । हेल्थ क्याम्पको उद्घाटन मन्त्री मोदी र पूर्व मिस नेपाल खड्गीले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय