काठमाण्डौ

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको छ ।

कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । मुम्बईका लागि इशान किशनले ५८, सूर्यकुमार यादवले ४३, तिलक वर्माले ३० र टिम डेभिडले नटआउट ३० रन बनाए । बलिङतर्फ कोलकाताका सुयश शर्माले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो । कोलकाताका लागि वेंकटेश अय्यरले ५१ बलमा १ सय ४ बनाए । यस्तै आन्द्रे रसेलले नटआउट २१ रन बनाए । बलिङतर्फ मुम्बईका ऋतिक शोकिनले २ विकेट लिए ।

यो जितसँगै मुम्बई ४ खेलमा ४ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । एक खेल बढी खेलेको कोलकाता उति नै अङ्क भए पनि नेट रनरेटको आधारमा पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय