ललितपुर । प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगितामा फ्रिन्डम फाइटरको दुबै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको जावलाखेल फुटबल मैदानमा भएको खेलको प्रि–क्वाटरफाइनलमा फ्रिन्डम फाइटर ‘ए’ ले काइलाई ‘ए’ लाई २–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको छ।त्यसैगरि फ्रिन्डम फाइटर ‘बी’ ले चितवन भेट्रान्सलाई २–१ ले पराजित गरी क्वाटरफाइनलमा पुगेको छ । यस्तै आयोजक भनीमण्डल ‘ए’ ले सैवुं भेट्रान्सलाई ३–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ ।

अन्य खेलमा कोतासे भैरवले जोरपाटी स्पोर्ट्सलाई १–०, जोरपाटी एफसीले सानो गौचरन नाइट किङ क्लबलाई ४–३, ओकाद भेट्रान्सले आइएफसी भेट्रान्सलाई १–०, जेभियर भेट्रान्सले भनीमण्डल ‘बी’ लाई २–१ र अभिषेक चर्चले फ्रेन्ड्स क्लबलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय