धनकुटा
शहीद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाको आयोजनामा यहि माघ २३ गतेदेखी धनकुटा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

शहीद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले आज पत्रकार सम्मलन गरि माघ २३ बाट प्रतियोगिता सञ्चालन गरिने जानकारी गराएको हो । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको प्रमुख आतिथ्य तथा सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष ईश्वर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगिता नकआउटको चरणमा खेलाईने छ ।

 

प्रतियोगिताका विजयी प्रथम टिमलाई नगद ६० हजार र दोश्रो हुने टिमलाई नगद ३० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । खेलको माध्यमबाट महिला खेलाडीहरुको उत्थान गर्ने लक्षका साथ सञ्चालन हुन लागेको प्रतियोगितामा ३ लाख ८७ हजार खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ धनकुटाका अध्यक्ष राईले प्रतिष्ठानका अध्यक्ष सहितका पदाधिकारीले पाको उमेरमा पनि शहिदको सम्झनामा फुटवल प्रतियोगिता आयोजना गर्ने आँट गर्नु आफैमा गर्वको विषय भएको भन्दै प्रतियोगिता सफलताको शूभकामना दिनुभएको थियो ।

यो प्रतियोगिताले जिल्लाका राम्रा महिला खेलाडीहरु छनौट गरि अन्य स्थानमा हुने खेलहरुमा सहभागि गराउन सहयोग पुग्ने प्रतिष्ठानका सल्लाहकार कृष्णभागवत श्रेष्ठले बताउनुभयो । २६ गतेसम्म हुने प्रतियोगितामा जिल्लाका ७ स्थानिय तहले सहभागिता जनाउने छन् । धनकुटा ७ का रामकृष्ण श्रेष्ठको पञ्चायती शासनको विरुद्धमा लड्दा २०३० चैत ३ गते विराटनगरमा तत्कालिन राजा विरेन्द्रमाथि बम प्रहारको घट्नामा परि निधन भएको थियो ।

श्रेष्ठलाई २०७४ माघ ३ गते तत्कालिन सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय