कोशि पहाडको दुर्गम जिल्लाहरुलाई सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले प्रदेश नं। १ का मुख्यमन्त्री भिम प्रसाद आचार्यले जिल्ला अस्पताल धनकुटालाई १ सय शैयाको अस्पताल स्तरउन्नती गर्न उदघाटन गरेका छन् ।धनकुटा जिल्ला अस्पताल स्थापना भएको लामो समय पस्चात १ सय सैयाको बन्ने भएको छ ।

प्रदेश १ का मुख्य मन्त्री भिम आचार्य ले आज एक कार्यक्रमका बिच १०० सैया अस्पताल स्तरोउन्ती कार्यको उदघाटन गर्नुभएको हो । प्रदेश १ का मुख्य मन्त्री भिम आचार्यले अस्पताल स्तरोउन्तीकार्यको उदघाटन पछि बोल्नु हुदै धनकुटा अस्पताललाई सुबिधा सम्पन्न युक्क्त बनाउनका लागि कुनै कसर बाकि नराख्ने बताउनु भयो । साथै उहाले १ सय संैया स्तरोन्नती कार्यको सुरुवात भएको भन्दै यतिमा मात्रमा सिमित नराखि शिक्षण अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताउनु भयो । उहाले स्वास्थ्य जनशक्त्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्ने बताउनु भयो । त्यस्तै गरी उहाले बसाईसराई रोक्नलाई पनि पहडि जिल्लाहरुलाई सेवा सुबिधा सम्पन्न बनाउन लागि परिरहेको बताउनु भयो । धनकुटा जिल्लालाई प्रदेश १ को राजधानि बनाउने प्रयत्न र प्रयास गर्दा गर्दै पनि विभिन्न कारण वस वनाउन नसकिएको भन्दै प्रदेशको राजधानि बनाउन नसकिएपनि विकासको क्षेत्रमा कुनै कमि हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

अस्पताल १ सय सैया स्तरोउनती गर्नका लागि यो वर्ष डिपिआर गर्न १५ लाख तथा भवन निमार्णका लागि १ करोड बजेट उपलब्ध भएको अस्पतालका सुपरिटेन्डेन डा। पुजन विस्व कर्माले जानकारी दिनु भयो । अहिले विभिन्न कठिनाइका बाबजुत ४० सैया सञ्चालनमा रहेको जानकारी गराउनु भयो । १ सय सैया बेड सञ्चालन आए संगै ंअस्पतालबाट हुने सेवा ुबिधा प्रदान गर्न सहजहुने बताउनु भयो । १ सय सैया स्तरोउन्ती पछि धनकुटा ,तेह्रथुम ,भोजपूर र संखुवासभा जिल्लाका नागरिलाई स्वास्थ्य सेवा लिन सहजहुने छ ।

कार्यक्रम जिलला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंक चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राई, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, आर्सी तुम्वा, लिला सुब्बा, प्रदेश स्वास्थ्य निर्देशक ज्ञानवहादुर वस्नेत जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा।पुजन विश्वकर्मा लगायतको लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय