साउन ६
संसदीय समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले मन्त्रिपरिषदमा प्रस्ताव लगेर भए पनि बीमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल समाधान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो । बजेट वक्तव्यमा आएको व्यवस्थालाई मन्त्रालय आफैँले वा नसकेमा मन्त्रिपरिषदबाट आवश्यक निर्णय गराएर भए पनि बीमा कार्यक्रम तत्काल कार्यान्यवनमा ल्याउन सरकारलाई निर्देश गरिएको समितिका सभापति जयपुरी घर्तीले बताउनुभयो ।
यस्तै समितिले सेवाग्राहीलाई सहज ढङ्गले बीमाको भुक्तानी पाउने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ ।

समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभएको छ । बीमा बोर्डले के गर्ने भनेर मन्त्रालयलाई सोधेर पठाएको र स्वास्थ्य मन्त्रालयले मात्रै निर्णय गर्दा अलि अप्ठ्यारो हुन्छ कि भनेर मन्त्रिपरिषदमा लैजाने र त्यहाँबाट निर्णय गर्ने तयारी भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय