साउन ६
पछिल्लो २४ घण्टामा चार सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३८ जनाको नमुना परीक्षण गर्दा चार सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ८० जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय ४१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप तीन लाख ८६ हजार सात सय ८२ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय